Section 22
वातावरण निरीक्षकको काम, कर्तव्य र अधिकार
(१) वातावरण निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत जोखिमपूर्ण पदार्थ निष्कासन गरे, नगरेको वा प्रदूषण गरे, नगरेको सम्बन्धमा निरीक्षण गर्ने,
(ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम प्रदूषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने कार्य भए नभएको निरीक्षण गर्ने,
(ग) प्रस्ताव कार्यान्वयन गर्दा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा तोकिएका शर्त बमोजिम काम भए नभएको सम्बन्धमा स्थलगत जाँचबुझ तथा निरीक्षण गर्ने,
(घ) दफा १३ वा १५ बमोजिम रोक लगाइएको विषयको पालना भए नभएको निरीक्षण गर्ने।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्दा वातावरण निरीक्षकले सम्बन्धित व्यक्ति, संस्था वा प्रस्तावकलाई पूर्वसूचना दिई कुनै घर, जग्गा, भवन, कारखाना, उद्योग, सवारी साधन, औद्योगिक संयन्त्र, औजार, मेसिनरी, जीव, वस्तु, अभिलेख, कागजात वा अन्य मालसामान वा वस्तुको निरीक्षण, परीक्षण वा जाँचबुझ गर्न सक्नेछ।
(३) यस दफा बमोजिम निरीक्षणको सिलसिलामा वातावरण निरीक्षकले माग गरेको विवरण वा जानकारी उपलब्ध गराई सहयोग गर्नु सम्बन्धित व्यक्ति, संस्था वा प्रस्तावकको कर्तव्य हुनेछ।
(४) यस दफा बमोजिम वातावरण निरीक्षक निरीक्षण गर्न जाँदा कुनै व्यक्ति वा संस्थाले निरीक्षण गर्न नदिएमा, निजले मागेको विवरण वा जानकारी नदिएमा, झुट्टा विवरण दिएमा, निरीक्षणको क्रममा बाधा विरोध उत्पन्न गरेमा वा निरीक्षणमा सहयोग नगरेमा त्यस्तो व्यक्ति वा संस्थालाई वातावरण निरीक्षकले तत्काल देहाय बमोजिमको जरिबाना गर्न सक्नेछः-
(क) निरीक्षण गर्न नदिएमा वा निरीक्षणमा बाधा विरोध उत्पन्न गरेमा बीस
हजार रुपैयाँसम्म
(ख) निरीक्षणको क्रममा मागेका विवरण वा जानकारी नदिएमा वा झुट्टा
विवरण दिएमा वा निरीक्षणमा सहयोग नगरेमा पन्ध्र हजार रुपैयाँसम्म ।
(५) उपदफा (४) बमोजिम वातावरण निरीक्षकले गरेको सजाय उपर चित्त नबुझ्ने पक्षले उक्त सजायको जानकारी पाएको मितिले पन्ध्र दिनभित्र विभागको महानिर्देशक समक्ष उजुरी गर्न सक्नेछ।
(६) यस दफा बमोजिम भएको जाँचबुझ तथा निरीक्षणको प्रतिवेदन वातावरण निरीक्षकले सम्बन्धित निकाय तथा विभाग समक्ष पेश गर्नु पर्नेछ।
(७) वातावरण निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।